रसुवामा कांग्रेस अगाडि, पछ्याउँदै रास्वपा

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं : रसुवामा प्रारम्भिक मतगणनामा कांग्रेसका मोहन आचार्य अग्रस्थानमा छन्।

रसुवाको कालिका गाउँपालिका–१ को १ हजार ६३७ मतगणना हुँदा आचार्यको पक्षमा ६८९ मत प्राप्त भएको छ। उनलाई रास्वपाका वसन्त भट्टले ५३८ मतले पछ्याइरहेका छन्।

नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर तामाङले २३५ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका माधव प्रसाल लामिछानेले ३४ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार