अध्यक्ष ओलीद्वारा निर्वाचन सम्पन्न भएकामा धन्यवाद

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकामा धन्यवाद ज्ञापन गरेका छन् ।

अध्यक्ष ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएकामा धन्यवाद ज्ञापन गरेका हुन् । “निर्वाचन सम्पन्न गरेकामा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी भएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद ।

निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधिहरूलाई पनि धन्यवाद”, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार