काठमाडौं : काठमाडौं १ मा प्रत्यक्षतर्फको मतगणना सकिएको छ ।
प्रत्यक्षतर्फको अन्तिम मत परिणाम अनुसार रन्जु दर्शना विजयी भएकी छन्। उनी १५ हजार ४५५ मत सहित बिजयी भएकी हुन्। यहाँ एमाले उम्मेदवारले एक हजार ६ सय १८, काङ्ग्रेस उम्मेदवार प्रवल थापाले ६ हजार ३६४, राप्रपाका रबिन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याए ।
यहाँ २९ हजार ७७४ मत खसेको थियो । कुल सदर मत २९ हजार ८२ र बदर मत ६९२ रहेको छ । दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।







