निर्वाचित भएपछि मतदातालाई रन्जु दर्शनाको धन्यवाद

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना काठमाडौं-१ बाट निर्वाचित भएकी छन् ।

निर्वाचित भएको बारे जानकारी गराउँदै उनले आफ्ना मतदातालाई फेसबुकमार्फत धन्यवाद दिएकी छन् ।

‘यो विजय देशको, परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घन्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ उनले भनेकी छन्, ‘हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताहरू प्रति हार्दिक नमन ।’

उनले आज आफ्नो छोराको न्वारन कार्यक्रम रहेको बताउँदै उक्त कार्यक्रम सकेर साढे ११ बजे बानेश्वरस्थित सहकारी विभागमा उपस्थित हुने बताएकी छन् ।

उनले चुनाव प्रचारकै क्रममा अस्पताल भर्ना भएर छोरालाई जन्म दिएकी थिइन् । ‘हाल हामी परिवार बाबुको न्वारन कार्यक्रममा छौं। यो सम्पन्न हुनेबित्तिकै बानेश्वर स्थित सहकारी विभागमा हजुरहरूसँगै उपस्थित हुनेछु,’ उनले भनेकी छन्, ‘करिब ११:३० बजे। हामी सबै देशप्रेमीहरू त्यहीँ भेटौँ है ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार