चितवन : चितवन प्रतिनिधिसभा क्षेत्र-२ मा मतगणना जारी छ र रास्वपाका सभापति रवि लामिछाने ५४७५ मतसहित अग्रता बढाइरहेका छन्।
नेकपा एमालेका अस्मिन घिमिरे २२५१ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी मीना खरेल २०५३ मतसहित तेस्रो स्थानमा छन्।
अहिलेसम्म १२ हजार १९६ मत गणना सम्पन्न भएको छ र नेकपाका प्रताव गुरुङले १५३१ मत प्राप्त गरेका छन्।







