शेखर कोइराला ५ हजार मतले पछाडि

२०८२ फाल्गुन २२, शुक्रबार

आचार्यले ६ हजार ६०१ मत प्राप्त गर्दा कोइरालाले १ हजार ४२७ मत मात्रै ल्याए।
एमालेका विनोद ढकाल र श्रम संस्कृति पार्टीका मातृका पौडेलले पनि उल्लेख्य मत प्राप्त गरे।
विराटनगर । नेपाली काँग्रेसका नेता डा‍.शेखर कोइराला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुविना आचार्यसँग ५ हजारभन्दा बढी मतले पछि परेका छन् ।

आचार्यले हालसम्म ६ हजार ६०१ मत प्राप्त गरेकी छन् । यस्तै डा.शेखर कोइरालाले भने १ हजार ४२७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका विनोदप्रसाद ढकालले १ हजार ३४४ मत पाउँदा श्रम संस्कृति पार्टीका मातृका पौडेलले १ हजार २९३ मत पाएका छन् ।

यस्तै, राप्रपाका सविन निरौलाको २८२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ओपेन्द्रकुमार रायले १८२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार