विनोद चौधरीभन्दा रास्वपाका विक्रम खनाल दोब्बर मतले अगाडि

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं : नवलपरासी पश्चिम १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनालले प्रारम्भिक अग्रता हासिल गरेका छन्। खनालले जारी मतगणनामा ३ हजार २ सय ८० मत प्राप्त गरेका छन्।

उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोदकुमार चौधरी भन्दा दोब्बर मतले अगाडि छन्। चौधरीले १ हजार ४ सय २० मत प्राप्त गरेका छन्।

नेकपा एमालेका रामप्रसाद पाण्डेयले १ हजार १ सय ९ मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठीले ७ सय ३१ मत प्राप्त गरेका छन्।

२०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट चौधरी विजयी भएका थिए। खनाल त्यतिबेला नेपाली कांग्रेसमै थिए। तर निर्वाचनको ठिक अघि उनी रास्वपा प्रवेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार