काठमाडौं : इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले ‘धेरै अमेरिकी सैनिकहरू इरानी कैदमा रहेको’ दाबी गरेका छन्।
“मैले धेरै अमेरिकी सैनिकहरूलाई बन्धक बनाइएको जानकारी पाएको छु। तर अमेरिकाले उनीहरू युद्धमा मारिएको दाबी गर्छ,” उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे।
“उनीहरूको व्यर्थ प्रयासको बावजुद, तिनीहरू लामो समयसम्म सत्य लुकाउन सक्षम हुनेछैनन्,” उनले भने।
यद्यपि, यसबारे अमेरिकाबाट अहिलेसम्म कुनै बयान आएको छैन।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार डोभर एयर फोर्स बेसमा इरानसँगको युद्धमा मारिएका छ जना अमेरिकी सैनिकका परिवारलाई भेटे।
गत शनिबार अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वका देशहरूमा तनावको अवस्था छ।





