राष्ट्र बैंकका दुई डेपुटी गभर्नरले आजदेखि पाए अवकाश

२०८२ फाल्गुन २४, आईतवार

काठमाडौं : नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरले आजदेखि अवकाश पाएका छन् ।

डेपुटी गभर्नर नीलम ढुंगाना र बमबहादुर मिश्र पाँच वर्षे कार्यकाल पुरा गरी फागुन २४ गतेदेखि अनिवार्य अवकाशमा गएका हुन् । ढुंगाना र मिश्र २०७७ फागुन २५ गते डेपुटी गभर्नरमा नियुक्त भएका थिए । दुई उच्च अधिकारीको अवकाशसँगै राष्ट्र बैंकमा आजैदेखि दुई डेपुटी गभर्नरको पद रिक्त भएको छ ।

डेपुटी गभर्नर नियुक्तिका लागि राष्ट्र बैंकका बहालवाला १८ जना कार्यकारी निर्देशकहरू प्रतिस्पर्धामा छन् । राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर पदमा नियुक्त हुनका लागि कार्यकारी निर्देशक हुनुपर्ने अनिवार्य व्यवस्था छ । नियुक्ति प्रक्रियाअनुसार गभर्नरले हाल कार्यरत १८ जना कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सरकारलाई सिफारिस गर्नेछन् ।

गभर्नरले सिफारिस गरेका चार जनामध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने कानुनी प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार