काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ३ हजार ७ सय रूपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ७ सय रूपैयाँले घटेर ३ लाख १३ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४ सय ७५ रूपैयाँ कायम भएकोमा आज ६५ रूपैयाँले घटेर ५ हजार ४ सय १० रूपैयाँ कायम भएको छ ।









