जेनजी आन्दोलनमा कास्की कारागारबाट फरार कैदी पक्राउ

२०८२ फाल्गुन २६, मंगलवार

कास्की : गत भदौमा भएको जेनजी आन्दोलनको फाइदा उठाउँदै कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले ६ महिनापछि पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको छ। डाँकाचोरी मुद्दामा सजाय भुक्तान गरिरहेका कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाचोक निवासी सूर्य बहादुर घर्ती क्षेत्रीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो।

उनी २०८२ साल भदौ २४ गते कारागार कार्यालय कास्कीमा भएको आन्दोलन र अराजकताको समयमा सुरक्षा घेरा तोडेर फरार भएका थिए। लामो समयदेखि फरार रहेका घर्ती क्षेत्रीको खोजतलासका लागि नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष संयुक्त टोली परिचालन गरेको थियो।

उक्त टोलीले सुराकीको आधारमा फागुन २५ गते दिउँसो करिब १२:४५ बजे पोखरा महानगरपालिका वडा नं. ९ स्थित पृथ्वीचोकमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई फेला पारेको हो। प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी बाँकी कैद सजाय भुक्तानका लागि पुनः कास्की कारागार चलान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार