प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ फाल्गुन २६, मंगलवार

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा एक प्रहरी सहायक निरीक्षक (असइ)विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीकाे सञ्चार शाखामा कार्यरत असई मुक्तनारायण श्रेष्ठमाथि अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

श्रेष्ठले नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेस गरी नेपाल सरकारबाट निवृत्तिभरणसहितको हैसियत, लाभ, सुविधा लिई भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारको दाबी छ। उनले भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको देखिने नक्कली प्रमाणपत्रहरू पेस गरेको आरोपपत्रमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार