भारतको सर्वोच्च अदालतले दियो ‘इच्छामृत्यु’लाई अनुमति

२०८२ फाल्गुन २७, बुधबार

काठमाडौँ : भारतको सर्वोच्च अदालतले पहिलोपटक ‘निष्क्रिय इच्छामृत्यु’लाई अनुमति दिएको छ। बार एन्ड बेन्च र समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्च अदालतले १२ वर्षभन्दा बढी समयदेखि कोमामा रहेका ३२ वर्षीय पुरुषलाई इच्छामृत्युका लागि अनुमति दिने ऐतिहासिक फैसला सुनाएको हो।

न्यायाधीश जेबी पार्डीवाला र केभी विश्वनाथनको संयुक्त इजलासले लामो समयदेखि बहस भइरहेको ‘निष्क्रिय इच्छामृत्यु’सम्बन्धी मुद्दाका पक्षमा फैसला सुनाएको हो।

सर्वोच्च अदालतले केन्द्र सरकारलाई निष्क्रिय इच्छामृत्युसम्बन्धी व्यापक कानुन बनाउने विषयमा विचार गर्न निर्देशन पनि दिएको छ। निष्क्रिय इच्छामृत्यु भनेको कुनै बिरामी वर्षौंदेखि ओछ्यानमा छ, कोमामा छ र निको हुने सम्भावना छैन भने उसलाई मृत्युवरण गर्न पाउनु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार