हारको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्छ : पूर्ण बस्नेत

२०८२ फाल्गुन २७, बुधबार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेतृत्वले हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

बस्नेतले कुनै पनि लडाइँमा हार र जीतको लागि नीति र नेतृत्व मुख्य कारक हुुने भन्दै नेतृत्व उक्त जिम्मेवारीबाट भाग्न नहुने बताएका हुन् । बस्नेतले भने, ‘हरेक प्रतिस्पर्धामा कसैको हार र कसैको जीत हुन्छ नै । जसरी ‘जित्नु’ भयंकर ठूलो विषय हैन त्यसरी नै ‘हार्नु’ त्यति सामान्य विषय पनि हैन ।’

जब नेतृत्वले हारलाई नजरअन्दाज गर्दै अगाडि बढ्न खोज्छ भने त्यो नेतृत्व पतनको बाटोमा छ भन्ने कुरा बुझ्नुपर्ने उनको धारणा छ । नेतृत्वले जीतको क्रेडिट नलिए पनि केही फरक नपर्ने तर हारको जिम्मेवारी सबैभन्दा पहिले र सबैभन्दा बढी लिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार