जुम्लामा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्दार

२०८२ फाल्गुन २८, बिहीबार

काठमाडौँ : जुम्लामा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ। बिहीबार तिला गाउँपालिका–३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

उनलाई सुत्केरीका लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा राखिएको थियो। त्यहाँ स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वय र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ। सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत २०७५ सालदेखि वार्षिक बजेट छुट्याएर दुर्गम जिल्लाका गर्भवती महिलालाई सुत्केरी गराउन अप्ठ्यारो परे आपतकालिन अवस्थामा निःशुल्क हेलिकोप्टर उपलब्ध गराएर उद्धार गर्दै आएको छ।

घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार