युरोपियन च्याम्पियन्स लिग : चेल्सी पीएसजीसँग पराजित

२०८२ फाल्गुन २८, बिहीबार

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब चेल्सीमाथि प्रभावशाली जित हासिल गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीले चेल्सीलाई ५-२ गोलअन्तरले हराएको हो । चेल्सीको जितमा भिचा भरात्सिखेलाले २ गोल गरे भने ब्राड्ली बार्कोला, ओस्मान डेम्बेले र भितिन्हाले १-१ गोल गरे । चेल्सीका मालो गस्टो र एन्जो फर्नान्डेजले १-१ गोल गरे ।

खेलको १०औं मिनेटमा बार्कोलाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा गस्टोले चेल्सीका लागि बराबरी गोल फर्काए । डेम्बेलेले ४०औं मिनेटमा गोल गरेपछि पीएसजी पहिलो हाफमा २-१ ले अघि रह्‍यो ।

दोस्रो हाफको ५७औं मिनेटमा एन्जोले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे । तर त्यसपछि पीएसजीले तीन गोल थप्यो । ७४औं मिनेटमा भितिन्हाले गोल गरे भने ८६औं मिनेटमा र इन्जुरी समयको चौथो मिनेटमा भरात्सिखेलाले गोल गरेपछि पीएसजी ५-२ ले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार