काठमाडौं : रोयटर्सको रिपोर्ट अनुसार अमेरिकी सरकारको गोप्य प्रतिवेदनले इरानी सरकार चाँडै पतन हुने सम्भावना कम रहेको बताएको छ।
प्रतिवेदनका अनुसार, गुप्तचर एजेन्सीहरूका धेरै प्रतिवेदनहरूले इरानी सरकार अझै पनि बलियो रहेको र देशमाथि नियन्त्रण कायम राखेको बताएका छन्।
प्रतिवेदनमा भनिएको छ – फेब्रुअरी २८ मा अमेरिका र इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएपछि पनि सरकार सत्तामा रहेको छ।
यसैबीच, एक इजरायली अधिकारीले पनि यो युद्धले इरानी सरकारको पतन निम्त्याउने कुनै ठोस ग्यारेन्टी नभएको स्वीकार गरेका छन्।









