पोखरा : नेकपा एमालेको निर्वाचन समीक्षा बैठकमा आफ्ना भनाइ राखेर कुर्सीमा बस्ने बित्तिकै हृदयघातको सिकार भएका नेता कृष्ण थापालाई घटना भएको ९ मिनेटभित्रै अस्पताल लगिएको थियो ।
मन्तव्य सकेर साथीभाइसँग हात मिलाउने क्रममा एक्कासि ढलेका उनलाई सँगै रहेका नेता टिकाराम पङ्गेनी लगायतका नेताहरूले तत्कालै मणिपाल शिक्षण अस्पताल पुर्याएका हुन् ।





