बागलुङ : २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन मुस्ताङमा पाँच उम्मेदवारको जमानत जफत भएको छ ।
विभिन्न दलका आठ उम्मेदवार चुनावी मैदानमा थिए । नेपाली कांग्रेसका योगेश गौचन थकालीले ३ हजार ३०७ मत लिएर विजयी भएका थिए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा डादु विष्टले एक हजार ८०६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधितीयचन्द्र थकालीले ७५९ मत पाएका थिए । हजारभन्दा कम मत पाएर पनि जमानत जोगाउने अधितीय पहिलो उम्मेदवार हुन् ।
कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने व्यवस्था छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कमला लालचनले १६१, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ङुटुक गुरुङले १५१, उज्यालो नेपाल पार्टीका सुरेन्द्र शेरचनले ८५, आम जनता पार्टीका अजय विकले ९ र मंगोल नेशनल अर्गनाइजेसनका यम बहादुर गुरुङले ३ मत पाएका छन् ।









