काठमाडौं : नक्कली प्रमाणपत्र पेस गरी गाउँपालिकामा सामाजिक परिचालक, सरसफाई सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा जागिर खाएको अभियोगमा तनहुँकाे देवघाट गाउँपालिकामा कार्यरत होमबहादुर भारतीविरुद्ध मुद्दा दायर भएको छ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
भारतीले २०५५ सालमा प्रथम श्रेणीमा एसएलसी तह उत्तीर्ण गरेको देखिने नक्कली प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको आरोपपत्रमा उल्लेख छ।










