आर्मीलाई पराजित गर्दै एपीएफ राष्ट्रिय लिगको शीर्ष स्थानमा

२०८२ फाल्गुन २९, शुक्रबार

काठमाडौं : विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

जितसँगै एपीएफले प्रतियोगितामा २३ अंक जोडेको छ । एपीएफले नौ खेल खेल्दा सात जित र दुई हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।बिहीबार एपीएफलाई काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जित दिलाउन सविन गुरुङ निर्णायक बने । सविनले दिलाएको अग्रतालाई नै अन्तिम समयसम्म जोगाउँदै एपीएफले जित निकालेको हो ।

सविनले ७६औँ मिनेटमा चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । पराजित आर्मी भने १७ अंकमा सीमित छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार