फिल्म ‘लालिमा’ आजदेखि देशभर प्रदर्शनमा

२०८२ फाल्गुन २९, शुक्रबार

काठमाडौँ : फिल्म ‘लालिमा’ आजदेखि देशभर प्रदर्शनमा आउँदैछ ।

तीन हजार यौनकर्मी महिलाको अनुभवमा आधारित बताइएको यस फिल्मको बुधबारदेखि अग्रिम टिकट बिक्री सुरु भइसकेको छ । खल्ती एपमा देखिएअनुसार पहिलो दिनका लागि देशभर ५४ शो तय भएका छन् । केही हलले अझै बुकिङ खुलाउन बाँकी रहेकाले साँझसम्म शो संख्या करिब ६० हाराहारी पुग्ने अनुमान गरिएको छ । अब फिल्मका लागि मुख्य चुनौती प्राप्त शोलाई अकुपेन्सीमा बदल्नु हुने देखिन्छ ।

फिल्ममा रोशनी कार्की मुख्य भूमिकामा देखिएकी छन् । उनले यौनकर्मीको भूमिका निभाएकी हुन् । यो पात्रलाई विश्वसनीय बनाउन उनले १० जना यौनकर्मीसँग भेटेर अनुभव पनि साटेकी थिइन् । फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, सबिन कट्टेल र घनश्याम जोशी लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

रोशन मिराजको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई फेथ आस्था र एम्पिफाई चेन्जले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा रीना लामा छिन् । फिल्ममा रोविन शर्मा दाहालको छायांकन र गौतम राज खड्काको सम्पादन रहेको छ । बोल्न नसक्ने आमा एक घटनापछि कारागार पुगेपछि उनलाई छुटाउन छोरीले गर्ने संघर्षको कथामा फिल्म आधारित रहेको निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार