कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि निर्वाचन आयोगमा बुझाउने

२०८२ फाल्गुन २९, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसले समानुपातिकतर्फको पार्टीको तर्फबाट प्राप्त २० सिटमा नाम फाईनलकोलागि तयारी गरेको छ । भोलिसम्म आयोगमा बुझाउनेगरि कांग्रेसले २० जनाको नाम तय गर्न लागेको हो । यसअघि बुझाईएको समानुपातिकतर्फको बन्दसूचीमा रहेका नामबाट क्लस्टरवाईज नाम तय गरिने भएको छ ।

कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत ल्याएको थियो । निर्वाचन आयोगले समानुपातिकतर्फको नाम फाईनल गर्न दलहरुलाई पत्राचार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार