गगनको राजीनामा विकल्प होइन : डिला संग्रौला

२०८२ फाल्गुन २९, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले सभापति गगन थापाको राजीनामा विकल्प नभएको बताएकी छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पार्टीको हारको नैतिक जिम्मेवारी लिने बताइन्। उनले भनिन्, ‘आज पराजय भएपछि अवश्य पनि नैतिक जिम्मेवारी छोटो समयमा गएको गगन थापाको नेतृत्वको केन्द्रीय समितिले लिन्छ। गगन थापा व्यक्ति होइन संस्था हो । हामी नियमित महाधिवेशनबाट आएको सभापति पनि गगन थापा होइन। त्यसैले राजीनामा विकल्प होइन।’

कांग्रेसको ८ लाख क्रियाशील चुनावमा परिचालन भए कि भएनन् भन्ने रिपोर्ट आएपछि निष्कर्ष निस्कने बताइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार