एमाले सचिवालय बैठकमा समानुपातिक सांसद चयनबारे छलफल

२०८२ फाल्गुन ३०, शनिबार

काठमाडौँ : नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु सचिवालय बैठक सुरु भएको हो।

एमाले अध्यक्ष ओलीका बुवा मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो। त्यसैले एमाले सचिवालय बैठक पार्टी कार्यालयमा नबसेर ओली निवासमै बसेको हो।

बैठकमा समानुपातिक सांसद चयनका विषयमा छलफल भइरहेको जनाइएको छ। एमालेले समानुपातिकतर्फ १६ सिट पाएको छ। आजको बैठकले समानुपातिकमा पर्ने सांसदको चयन गर्नेछ।

निर्वाचन आयोगले सबै दलले पाउने सामानुपातिक सांसद निर्धारण गरेर पत्राचार गरिसकेको छ। आयोगले आइतबारसम्म नामावली बुझाउन भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार