पितृशोकमा रहेका ओलीलाई भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

२०८२ चैत्र १, आईतवार

काठमाडौँ : पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की गुण्डु पुगेकी छन् ।

कार्कीले दिवंगत पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरिन् ।

केपी ओलीका पिताको ९७ वर्षको उमेरमा शुक्रबार भक्तपुरस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार