काँकडभिट्टाबाट ‘पाँच पाण्डव’को छायांकन सुरु

२०८२ चैत्र २, सोमबार

काठमाडौँ : काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु भएको छ ।

सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा शुभ–मुहूर्त गर्दै चलचित्रले छायांकन थालेको हो । चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले)को मुख्य अभिनय रहनेछ ।

चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित भने होइन । निर्माण पक्षका अनुसार यो पूर्ण रूपमा एक ‘सोसल ड्रामा’ (सामाजिक कथा) हो । चलचित्रमा महाभारतका पाँच पाण्डवको बिम्बलाई प्रयोग गर्दै समकालीन समाजको कथा भन्न खोजिएको छ । ‘पाँच पाण्डव’को महिला कलाकारमा दीपाश्री निरौला र जनी गुरुङ रहनेछन् ।

वसन्त निरौलाको निर्देशन रहने चलचित्रको लेखन पत्रकार सुशील पौडेलले गरेका हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् । चलचित्रलाई श्याम तामाङले खिच्नेछन् । करिब ४० दिनको छायाकंन तालिका तय गरिएको चलचित्रको अधिकांश दृश्य झापामै खिचिने निर्माण टिमले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार