हामीसँग सिट नभए पनि पहरेदार छन् : रेशम चौधरी

२०८२ चैत्र २, सोमबार

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफ्नो पार्टी प्रतिनिधिसभामा सिटविहीन भए पनि जनताको मुद्दामा सधैँ अडिग रहने बताएका छन्।

सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै संरक्षक चौधरीले निर्वाचनमा सिट नजित्दैमा कुनै पनि दल समाप्त नहुने जिकिर गरे। ‘हामीसँग अहिले केवल प्रतिनिधि छैनन्, तर हजारौं पहरेदार छन्,’ उनले भने, ‘पहिचानको मुद्दामा हाम्रो यात्रा निरन्तर रहनेछ र हामीले हाम्रो लक्ष्य प्राप्त गरेरै छाड्नेछौं।’

राष्ट्रिय स्वतन्त्र पार्टीको लहरलाई उनले सुनामीभन्दा पनि जनताले परिवर्तनका लागि दिएको मत र विश्वासको रूपमा अर्थ्याए। चौधरीले निर्वाचनको परिणामलाई सकारात्मक रूपमा लिँदै अबको बाटो सुशासन र समृद्धिको हुनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार