वृत्तचित्र ‘द एभरेस्ट ड्रिम’ निफमा प्रदर्शन हुँदै

२०८२ चैत्र २, सोमबार

काठमाडौँ : संयुक्त अधिराज्यको स्कटल्यान्डका ट्रमाटिक ब्रेन इन्जुरी (मस्तिष्कमा गम्भीर चोट) भोगेका व्यक्तिहरूको प्रेरणादायी सगरमाथा यात्रामा आधारित नयाँ वृत्तचित्र ‘द एभरेस्ट ड्रिम’ तयार भएको छ ।

गणेश पाण्डेको निर्देशन रहेको उक्त वृत्तचित्र यही चैत २२ गते काठमाडौँमा नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) मा प्रदर्शनको तयारीमा रहेको छ । त्यसपछि वृत्तचित्र विश्वका विभिन्न अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने उनले बताए । निर्देशक पाण्डेका अनुसार करिब डेढ वर्षको मेहनतपछि तयार भएको यो वृत्तचित्रमा गम्भीर दुर्घटनापछि जीवनसँग सङ्घर्ष गरिरहेका केही व्यक्तिले देखेको असाधारण सपनाको कथा समेटिएको छ ।

यसअघि उनको भूकम्पसम्बन्धी वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले विभिन्न अन्तरराष्ट्रिय पुरस्कार जितेको थियो । उक्त वृत्तचित्र विश्वभरका विभिन्न देशमा प्रदर्शन भएको थियो । निर्देशक पाण्डेले तयार गरेको बहुपति प्रथामाथि आधारित वृत्तचित्र ‘को–हजबेण्ड’ले विभिन्न फिल्म अवार्ड जित्नुका साथै ४० भन्दा बढी फिल्म महोत्सवमा प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार