श्री एयरलाइन्सले प्रिमियममा आइपीओ जारी गर्ने

२०८२ चैत्र २, सोमबार

काठमाडौं : श्री एयरलाइन्स लिमिटेडले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा थप सय रुपैयाँ थप गरी प्रतिकित्ता २०० रुपैयाँका दरले सेयर निष्कासनको अनुमति मागेको हो । कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता सेयर निष्कासनको अनुमति माग्दै बोर्डमा गत पुष १८ गते निवेदन दिएको थियो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा भने हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार