स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

२०८२ चैत्र ३, मंगलवार

बाजुरा : यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।

स्थानीय ४५ वर्षीय धनबहादुर महतरा र उनका छोरा १८ वर्षीय हेमराजको कुटाइबाट स्थानीय ३५ वर्षीय सर्वाश बुढाको मृत्यु भएको अस्थायी प्रहरी चौकी मुक्तिकोटका प्रहरी सहायक निरीक्षक रवीन्द्र धामीले जानकारी दिए । उनकाअनुसार महतरा र बुढाबीच पुरानै विवाद थियो । सोमबार साँझ ६ बजेतिर झगडा सुरु भएको र झगडामा कुटाकुट हुँदा महतराका बाबुछोराले ढुङ्गाले टाउकोमा हान्दा बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

बेलुकी ६ः३० बजे बुढालाई ढुङ्गाले हानेर मृत्यु भएको र घटना घटेको एक घण्टापछि अर्थात् ७ः३० बजे अस्थायी प्रहरी चौकी मुक्तिकोटमा जानकारी प्राप्त भएको प्रहरी सहायक निरीक्षक धामीले बताए । खबरपछि प्रहरी सहायक निरीक्षकको टोली पुगेर पीडक धनबहादुर महतरालाई नियन्त्रणमा लिएको र उनका छोरा हेमराज भने फरार रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइहरको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार