काठमाडौं । मधुुसुधन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ को ट्रेलर युट्युबमा रिलिज भएको छ । ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त प्रकाश पार्छ ।
एक गाउँमा ३ दाजुभाइको कथा यसमा समेटिएको छ । बाबुआमाले बित्नुअघि दाजुभाइ अलग नहुनु भनेर भनेका हुन्छन् । विवाहपछि भने यी दाजुभाइको हार्दिक सम्बन्धमा दरार आउन थाल्छ । फिल्ममा लक्ष्मी बर्देवा, जाह्न्वी बस्नेत, आश्मा गिरी, राजाराम पौडेल, रवीन्द्र झा लगायतको पनि अभिनय छ । सामाजिक कथावस्तुसँगै यसमा हास्य तत्वको पनि मिश्रण गरिएको छ ।
पटकथा तथा संवाद शिवम अधिकारीको छ । प्रसिद्धी सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ छन् । कार्यकारी निर्माता विक्रम तामाङ हुन् । सह-निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे छन् । १३ चैतदेखि ‘हामी तीन भाइ’ प्रदर्शन तयारीमा छ ।









