काठमाडौं : दार्चुलामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहान १० बजेर १२ मिनेट जाँदा दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।





