त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास

२०८२ चैत्र ३, मंगलवार

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा गरिएको उक्त अभ्यास दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले गरिएको हो । प्राधिकरणले यस्ता अभ्यास हरेक वर्ष गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डअनुसार ठूला विमानस्थलमा यस्ता अभ्यास नियमित रूपमा अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार