मलेखुदेखि ताल्तीसम्म जाने सवारी साधनले शुल्क तिर्नु पर्दैन : आशिका तामाङ

२०८२ चैत्र ३, मंगलवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नवनिर्वाचित सांसद आशिका तामाङले आजबाट मलेखुदेखि ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु नपर्ने बताएकी छन् ।

ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु न्यायोचित नभएको भन्दै उनले यस्तो बताएकी हुन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँ सम्म न्यायोचित हो ? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु पर्ने छैन, मैले सम्बन्धित निकाय मा निर्देशन दिइसकेको जानकारी गराउँछु।’

तामाङले कसैले शुल्क उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिएकी छिन् ।

May be an image of motorcycle and text that says 'वेनिघाट रोराड गाउंपालिका बिल 11210 ਾਰੇਂ कार्यपालिकाको कार्यालय विशालटार, धादिड मलेखु ताल्ती स्थानीय सडक पूर्वाधार सेव्रा मेल्क्रटार पटके कर भ्याट नं. ಶ೦ೀದೆನిದನెಂ मिति: -A1922 बिक्रेताको नामः टि.बि.एस. इन्रास्ट्रक्चर सर्भिस प्रा.लि. बिक्रेताको ठेगाना: का.म.न.पा-१४, काठमाडाँ गाडी: सवारी साधनको किसिम ٤ पाडग्रे भन्दा माथिका मालवाहक टरक लहरी लगायत निजी तथा सार्वजनिक सवारी साधन रकम 920/- 940 (93% म.अ. कर सहित) हस्ताक्षर'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार