सर्वाेत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टद्वारा नेपाल प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण

२०८२ चैत्र ३, मंगलवार

काठमाडौं : सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्ट लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी वृत्तलाई अत्यावश्यक सामाग्री प्रदान गरेको छ ।

दुई सिमेन्ट कम्पनीले काठमाडौंको तिनकुनेस्थित सुविधानगरमा नव–निर्मित नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरलाई अत्यावश्यक सामाग्री सहयोग प्रदान गरेको हो । उक्त कार्यक्रम अन्तर्गत कम्प्युटर, एयर कन्डिसनर, प्रिन्टर, फ्रिज तथा क्यामेरा लगायतका सामग्रीहरू प्रहरी नायब उपरीक्षक राज कुमार सिंहलाई कम्पनीका तर्पmबाट निर्देशक टीका राम न्यौपाने तथा दिवस न्यौपानेले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

समाजप्रति उत्तरदायी रहँदै सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सामग्रीहरू प्रदान गरिएको हो । यस सहयोगले प्रहरी कार्यालयको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । सर्वोत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टले विगतदेखि नै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर का साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गरिरहेको छ भने भारतमा समेत निर्यात गर्दै तथा लोकप्रियता कमाउँदै आएको छ ।

साथै, सन् २००१ मा स्थापित नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक मध्ये एक जगदम्बा सिमेन्टले उच्च गुणस्तरको कच्चा पदार्थको प्रयोगका साथै आधुनिक उपकरण र विश्वस्तरीय भीआरएम प्रविधिबाट गुणस्तरमा निरन्तर सुधार गर्दै उच्चस्तरीय ४३ र ५३ ग्रेड को अल्ट्रा ओपीसी सिमेन्ट र जगदम्बा पीपीसी सिमेन्ट उत्पादन र वितरण गर्दै आफ्ना ग्राहकहरूको माग र सन्तुष्टि पूरा गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार