काठमाडौँ : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा बागमती प्रदेशको टोली घोषणा भएको छ। बुधबार बागमती प्रदेश क्रिकेट संघले सन्दीपको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
शनिबारबाट सुरु हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपीएफ क्लब, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम प्रदेशको सहभागीता रहन्छ। यसपटकको प्रतियोगिता काठमाडौंको टियु क्रिकेट रंगशाला र मूलपानी क्रिकेट मैदान तथा मधेश प्रदेशको पर्सा र जनकपुरमा हुँदैछ।
बागमतीले आइतबार विभागीय टोली नेपाल एपीएफ क्लबसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
बागमतीको टोली
सन्दीप लामिछाने (कप्तान), आशुतोष घिरैया, उत्तम थापामगर, इशान पाण्डे (उपकप्तान) पवन थापा, दयानन्द मण्डल, प्रतिस जिशी, सुवास खत्री, विवेक रानामगर, रिजन ढकाल, शुभ कसांकार, सुभम तिवारी, रिन्जिग लामा, सचिन लेखक, सोनु देवकोटा









