च्याम्पियन्स लिग : आर्सनल अन्तिम आठमा प्रवेश

२०८२ चैत्र ४, बुधबार

काठमाडौं : जर्मन क्लब बेयर लेभरकुजेनलाई समग्रमा ३–१ ले पराजित गर्दै इंग्लिस क्लब आर्सनल च्याम्पियन्स लिगको अन्तिम–८ मा प्रवेश गरेको छ ।

मंगलबार आर्सनलले अन्तिम–८ मा स्थान बनाउने क्रममा लेभरकुजेनलाई दोस्रो लेगमा २–० ले पराजित गरेको थियो । यही नजितासँगै आर्सनले लेभरकुजेनलाई समग्रमा ३–१ ले पराजित गरेको हो । पहिलो लेगमा यी दुईले १–१ को बराबरी गरेका थिए । अब आर्सनलले सेमिफाइनलको निम्ति अन्तिम आठमा पोर्चुगिज टिम स्पोर्टिङ सीपीविरुद्ध खेल्नेछ ।

मंगलबार आर्सनललाई घरेलु मैदान इमिरेट्स रंगशालामा जित दिलाउन इबेरेची इजे र डेक्लान राइसले समान एक गोल गरे । आर्सनलले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको थियो । खेलको ३६औँ मिनेटमा इजेले आर्सनललाई अग्रता दिलाए । ६३औँ मिनेटमा राइसले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार