‘धुरन्धर २’ बिहीबारदेखि नेपालमा रिलिज हुने

२०८२ चैत्र ४, बुधबार

काठमाडौं : रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर २’ विहिबारदेखि नेपालमा रिलिज हुने टुंगो लागेको छ । मंगलबार दिउँसो भारतीय र नेपाली वितरकबीच वितरण अधिकार बिक्रीबारे सम्झौता भएको छ ।

फिल्मको नेपाल अधिकार नियोम फिल्म्सले किनेको स्रोतले जनायो । वितरण अधिकारको रकममा कुरा नमिल्दा नेपाल टेरिटोरीको प्रदर्शनमा अन्योलमा थियो । स्रोतका अनुसार साढे २ देखि ३ करोड भारुमा फिल्मको नेपाल राइट बिक्री भएको हो । यो भनेको झन्डै ५ करोड नेरु हुन आउँछ ।

‘धुरन्धर’ को अघिल्लो भागले नेपाली बक्सअफिसमा कम्तीमा १० करोड रुपैयाँ कमाएको थियो । आदित्य धर निर्देशित यो फिल्मले विश्वब्यापी ओपनिङ  २२५ देखि २५० करोड भारु कमाउन सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार