एनएमबि लघुवित्तको वार्षिक साधारणसभा आह्वान

२०८२ चैत्र ४, बुधबार

काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

संस्थाको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २५ गते बुधबार पोखरास्थित होटल सिटि स्क्वायरमा बिहान १० बजे सभा बोलाउने निर्णय गरेको हो ।

यस सभाको मुख्य एजेन्डा अन्य ’घ’ वर्गका लघुवित्त संस्थाहरूसँग गाभ्ने/गाभिने वा प्राप्ति (मर्जर) सम्बन्धी प्रक्रिया अगाडि बढाउने रहेको छ । यसका लागि उपयुक्त संस्था पहिचान गर्ने, मूल्याङ्कनकर्ता नियुक्त गर्ने र सम्झौतापत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा पेश गरिनेछ ।

यसका साथै, सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाबमाथि छलफल गरी पारित गरिनेछ । त्यस्तै, आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र एनएमबि बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति अनुमोदन गर्ने कार्यसूची समेत रहेको छ ।

साधारणसभा प्रयोजनका लागि संस्थाले चैत १७ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जानकारी दिएको छ । यस अनुसार चैत १६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र सभामा सहभागी हुन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार