काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् ।
प्रधानमन्त्रीको बोलावटमा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेता बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईँहरूले निर्वाचनमा भाग लिइदिनुभयो । चुनावको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो । यसका निम्ति धेरै धन्यवाद छ।’
चुनावमा विजेता नेतालाई बधाई दिँदै कार्कीले पराजितलाई अर्को पटकका लागि शुभकामना दिइन् । नेकपाका नेताहरूले पनि निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै नेतृत्वदायी भूमिकाका लागि प्रधानमन्त्री कार्कीलाई बधाई दिए ।





