सन्दीपले लामिछाने लियेज रेड लायन्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने

२०८२ चैत्र ४, बुधबार

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले लियेज रेड लायन्साबट बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन् ।

सन्दीपलाई रेड लायन्सको टोलीले ‘प्रि-साइन’ मार्फत अनुबन्ध गरेको जनाएको छ । यो टोलीमा क्रिस लिन र कोरी एन्डरसन पनि अनुबन्ध भइसकेका छन् । टोलीको मुख्य प्रशिक्षकमा हर्षल गिब्स छन् ।

इयू टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका छ। प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सका छ टोली सहभागी हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार