गुडिरहेको बसबाट खसेर विद्यार्थीको मृत्यु

२०८२ चैत्र ४, बुधबार

काठमाडौं : उदयपुरको बेलका नगरपालिका वडा ४ हरीपुर शिसवारीस्थित भित्रि सडक खण्डमा गुडिरहेकाे बसबाट खसेर एक विद्यार्थीकाेको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक राजन चापागाईका अनुसार जहडाबाट हरिपुर तर्फ जाँदै गरेको को १ ख ३५१६ नं को बेलका बोर्डिङ स्कुलको बसबाट खसेर सोही बोर्डिङमा अध्ययनरत विद्यार्थी स्थानीय कृष्ण बस्नेतका छोरा ९ वर्षीय सफल बस्नेतको  घटनास्थलमै मृत्यु भएको हो ।

बस चालक बेलका नगरपालिका वडा नं ८ सिसौली बस्ने ३४ वर्षीया को प्रेम तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक चापागाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार