मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य राखेर कार्य गर्नुहोस् सफलता मिल्नेछ। परिवारसँग राम्रो समय व्यतीत हुनेछ। स्वास्थ्य सबल रहनेछ तर खानपानमा सजग रहनुहोस्। रोजगारिका नयाँ अवसरहरू प्राप्त हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवसाय र जागिरमा केही उतारचढाव आउन सक्छ। नयाँ योजनाहरू बनाएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। साथीहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा मिलेको सफलताले अहंकार बढ्न सक्छ सावधान रहनुहोस्। समय अनुसार नचल्दा विषयवस्तुमा पछि परिनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दैनिकी काममा उल्लेखनीय फाइदा हुनेछ। पहिलाको नतिजा कमजोर देखिनाले कार्य दोहोराएर गर्नुपर्ला। अवसरवादीहरूबाट सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ उपलब्धिको लागि केही कुरा त्याग्नुपर्ला। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। पारिवारिक सद्भावमा कमी देखिनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साहित्य र कलाको क्षेत्रमा निखार आउनेछ। आफन्तहरूको मध्य रमाइलो जमघटका साथै भोजनको आनन्द मिल्नेछ। परिस्थितिसँग केही सम्झौता गरेपनि आफ्नो अधिकार र प्रतिष्ठा जोगाउनमा सफल भइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक व्यवस्थापनमा ध्यान दिनुपर्ने समय रहेको छ। प्रेम सम्बन्धमा समझदारीको आवश्यकता रहेको छ। आफूभन्दा ठूला आत्मीयजनहरूको साथ र सहयोग पाइनेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा नयाँ लगानी लगाउने अवसर देखिन सक्छ। धर्म कर्मप्रति मन जानेछ। उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू फेला पर्नेछन्। भाग्यको साथ पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आत्मविश्वास बढ्नाले नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्यार्थीहरूको शैक्षिक क्षेत्र फराकिलो हुनाले बौद्धिक क्षेत्रमा प्रगति हुनेछ| विशिष्ट व्यक्तिहरूको सहयोग जुट्नाले महत्वकांछी योजना पूरा गर्न सकिनेछ प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रचनात्मक काम बन्नुका साथै धनलाभ रहनेछ। घुमफिर र मनोरञ्जनमा समय व्यतीत हुनेछ। प्रयत्न गर्दा संसाधनहरू जुटाउन सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौडमा विजयी भइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ। पहिला गरिएको कामको उचित प्रतिफल प्राप्त हुनेछ। चिताएका योजनाहरू समयमा पूरा गर्न सकिनेछ। कार्यक्षेत्रमा आफ्नो अधिकार स्थापित गर्न सफल भइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।









