टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८२ चैत्र ५, बिहीबार

काठमाडौं : टिपरको ठक्करबाट उदयपुरमा मोटरसाइकल चालकको मृत्यु भएको छ।

उदयपुरगढी गाउँपालिका– ६ स्थित कटारी चोकमा मंगलबार बिहान भएको दुर्घटनामा एकजनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा.४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलचालक खोटाङको बराहपोखरी गाउँपालिका– ५ का करिब ३० वर्षीय भूपाल राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार रहेका टिपर चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार