च्याम्पियन्स लिग : बायर्न म्युनिख क्‍वाटरफाइनल प्रवेश

२०८२ चैत्र ५, बिहीबार

काठमाडौं : जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब एटालान्टामाथि सहज जित निकाल्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनलमा स्थान बनाएको छ ।

घरेलु मैदान एलियान्ज एरेनामा भएको दोस्रो लेगमा बायर्नले ४-१ को जित निकाल्दै समग्रमा १०-२ को फराकिलो अग्रता सहित अन्तिम आठमा प्रवेश गरेको हो । बायर्नको जितमा ह्यारी केनले दुई गोल गरे भने लेनार्ट कार्ल र लुइस डियाजले एक–एक गोल थपे । एटालान्टाका लागि लाजार सामार्जिकले सान्त्वना गोल गरे ।

खेलको २५औं मिनेटमा भीएआर निर्णयपछि पेनाल्टी पाएको बायर्नका लागि केनले दोस्रो प्रयासमा गोल गर्दै अग्रता दिलाए । यसअघि उनको प्रहार गोलकिपरले बचाए पनि नियम उल्लंघनका कारण पेनाल्टी दोहोर्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार