फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

२०८२ चैत्र ५, बिहीबार

काठमाडौं : रामकृष्ण ढकालको निर्माण रहेको फिल्म ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ युट्युबमा रिलिज भएको छ ।

रानी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द, उज्ज्वल सागरको सङ्गीत, ढकाल स्वयम र रचना रिमालको स्वर समावेश छ ।

फिल्ममा मेक्सम गौडेल, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईको पनि अभिनय छ ।

‘मालती मंगले’ को प्रदर्शन मिति २५ बैशाख, २०८३ मा हुने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार