इरान युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर

२०८२ चैत्र ५, बिहीबार

वासिङ्टन डिसी : अमेरिकी युद्ध मन्त्रालय (पेन्टागन) ले इरानसँगको जारी युद्धका लागि ह्वाइट हाउससँग २०० अर्ब अमेरिकी डलर भन्दा बढीको बजेट माग गरेको छ।

उच्च प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम वासिङ्टन पोस्टले प्रकाशन गरेको समाचार अनुसार यो रकम ट्रम्प प्रशासनले हालसम्म गरेका सैन्य अभियानहरूको लागतभन्दा निकै बढी छ।

पेन्टागनले युद्धमा प्रयोग भइरहेका महत्वपूर्ण हतियारहरूको उत्पादन “तत्काल” बढाउन यो बजेट आवश्यक रहेको जनाएको छ। विगत दुई हप्तामा पेन्टागनले विभिन्न चरणमा बजेटका प्रस्तावहरू अघि सारेको छ।

पछिल्लो पटक माग गरिएको यो ठूलो रकमका कारण अमेरिकी संसदमा ठूलो राजनीतिक टकराव निम्तिन सक्ने वासिङ्टन पोस्टले उल्लेख गरेको छ।

यस विषयमा अमेरिकी रक्षा मन्त्रालय र ह्वाइट हाउस दुवैले आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार