काठमाडौँ : काठमाडौँको सुकेधारामा बोलेरो जिपले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही घर भएर काठमाडौँको बालुवाखानी बस्दै आएका ३७ वर्षीय वीरेन्द्र शाह छन् ।
चैत ३ मा दिउँसो राजेश हर्डवेयरबाट सामान झारेर निस्कँदै गरेको बा.१५ च ८५५० नम्बरको बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो । उपचारको क्रममा ओम अस्पतालमा शाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बताए ।
बोलेरो चालक ओखलढुङ्गा घर भएर नयाँ बानेश्वर बस्ने २३ वर्षीय सुनिल राईलाई प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको एसएसपी अधिकारीले जानकारी दिए ।





