जुम्ला : जुम्लामा माटोकाे ढिस्काेमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।
घर पाेत्ने माटाेकाे ढिस्काेमा पुरिएर चन्दननाथ नगरपालिका-९ की ४७ वर्षीया कृष्णमाया तिमिल्सेनाको मृत्यु भएको हो। चन्दननाथ नगरपालिका–९ को उठिले नजिकै बिहीबार बिहान करिब ११ बजे माटोको ढिस्को खसेर घाइते कृष्णमायाको उपचारको क्रममा मृत्यु भएको जुम्ला प्रहरीका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए।
घर लिप्ने माटो खन्ने क्रममा कृष्णमाया र ४० वर्षीया तारा घर्तीलाई माटोको ढिस्कोले पुरेको थियो । दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । तर उपचारकै क्रममा कृष्णमायाको भने ज्यान गएको हो। तारा घर्ती भने उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेकी छन्।









